काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतविरुद्ध २–० को अग्रता बनाएको छ।

पहिलो र दोस्रो दुवै हाफमा नेपालले एक–एक गोल गरेको हो । दुवै गोल सावित्रा भण्डारी साम्बाले गरिन् ।
खेलको दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएकी भण्डारीले दोस्रो हाफको ६३ औँ मिनेटमा फ्रिकिकमार्फत अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
नेपाल र भारत दुवै टोली सुखद अन्त्यको लक्ष्यमा छन्। भारत पहिलो खेलमा इरानसँग २–० र नेपाल पनि इरानसँगै ३–० ले पराजित भएको थियो।











