
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा २९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार सुन तोलामा दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । त्यस्तै आज चाँदीको मूल्य समेत घटेको छ ।
सोमबार २ हजार ९८० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











