Logo
Logo

६२ अङ्कले बढ्यो सेयर बजार


252
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्क बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार सामान्य अङ्क बढेको नेप्से, आज मङ्गलवार भने उच्च अङ्क बढेको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

मङ्गलवार नेप्से  ६२.२९ अङ्क बढेर २५७१.३४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ४.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अङ्क बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत आइतबार २ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा ३१४ स्टकको ४७ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको ९२ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैङ्कको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, राधी विद्युत् कम्पनीको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैङ्कको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । कारोबारमा आएको हिमालयन पावर पार्टनरको सेयरमूल् सर्वाधिक ६.३६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत् कम्पनीको करिब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। व्यापार उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको हो ।

प्रतिक्रिया दिनुहोस्