Logo
Logo

एनपीएलका लागि लुम्बिनी लायन्सले ‘आइकनिक प्लेयर’ चयन गर्दै


315
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट (ट्यालेन्ट हन्ट) कार्यक्रम आज आयोजना गर्ने भएको छ ।

जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने उक्त कार्यक्रम बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुनेछ । कार्यक्रम आज बेलुका ५ बजेसम्म चल्नेछ ।

कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिनेछन् । तीमध्ये एक जना खेलाडीलाई मुख्य टोली (मेन टिम)मा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोलीमा राखिने लुम्बिनी लायन्सले जनाएको छ । छनोट भएका खेलाडीहरू आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन् ।

लुम्बिनी लायन्सले यसअघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ ।
यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्