काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बित गरिएको छ ।

एन्फाको शुक्रवार बसेको कार्यसमितिको आकस्मिक बैठकले उनलाई अर्को साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । सङ्घको विधानको धारा ३८ को उपधारा १४ बमोजिम संस्थाको हितविपरित कामकारबाही गरेको निष्कर्षसहित उनलाई कारबाही गरिएको एन्फाले जनाएको छ ।
खड्काले आफू कार्यवाहक अध्यक्ष भएको समय विधान विपरीत महासचिव किरण राईलाई बर्खास्त गरेका थिए । महासचिव राईले नै बोलाएको शुक्रवारको जुम मिटिङले खड्कालाई अर्को महाधिवेशनसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।











