Logo
Logo

पार्टी छोडेर गएकाहरूलाई एमालेमा फर्किन ओलीको आह्वान


1.6k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै नेता९कार्यकर्तालाई पुनः एकताको आह्वान गरेका छन् । उनले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्धिको यात्रामा एमालेको अग्रणी भूमिका स्मरण गर्दै सबैलाई ‘आफ्नै घर फर्किन’ आग्रह गरेका हुन् ।

The current image has no alternative text. The file name is: kp-oli.gif

शुक्रवार फेसबुकमार्फत ओलीले एमालेलाई केवल एउटा राजनीतिक सङ्गठन नभई ‘जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार’को रूपमा चित्रण गरे ।

उनले भने, ‘तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण यो पार्टीको जग बसाल्न अर्पण गरेका छन् । कसैले जेल यातना भोगे, कसैले जीवन बलिदान गरे, अनि धेरैले सानो-ठूलो योगदान दिए ।’

ओलीले देश अहिले गम्भीर सङ्कटमा परेको उल्लेख गर्दै लोकतान्त्रिक संविधान र राष्ट्रिय अस्तित्वमाथि आक्रमण भइरहेको बताए । उनले भने, ‘अहिले महाविनाश निम्त्याउने खतरा देखिएको छ, यस्तो बेला हामी मौन बस्न सक्दैनौँ ।’

देशको स्वाभिमान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षा गर्न सबै एकै स्वरमा अघि बढ्नुपर्ने बताउँदै ओलीले विगतमा एमाले निर्माणमा योगदान पुर्‍याएका सबैलाई पार्टीमा फर्किन आग्रह गरेका हुन् ।

ओलीले पुनः एकताको सन्देश दिँदै भनेका छन्, ‘हामी एउटै परिवार हौँ, हाम्रो लक्ष्य स्पष्ट छ- समृद्ध नेपाल, सुखी नेपाली । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा फर्किनुस्९ निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ ।’ उनले यसअघि पनि पार्टी छोडेर गएकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्