काठमाडौं । भारतविरुद्धको दोस्रो टी-२० क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । मेलबर्नमा शुक्रवार घरेलु टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराउँदै पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।

पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । भारतले प्रस्तुत गरेको १२६ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले १३.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।टोलीको जितमा कप्तान मिचेल मार्सले ४६ तथा ट्रेभिस हेडले २८ रनको योगदान दिए ।
भारतका लागि जसप्रित बुमराह, वरुण चक्रवर्ती र कुलदीप यादवले समान २ विकेट लिए पनि भारत हार टार्न असफल भयो । यसअघि पहिला ब्याटिङ गरेको भारत १८.४ ओभरमा १२५ रनमै अलआउट भएको थियो । चार ब्याट्सम्यान शून्यमा आउट भए भने पाँच जनाले दोहोरो अङ्क पनि छुन सकेनन् । भारतको इनिङ्समा अभिषेक शर्माले ६८ तथा हर्षित रानाले ३५ रन बनाए ।
कंगारु टोलीका जोश हेजलवुडले ३, जेभियर बार्टलेट र नाथन एलिसले समान २ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । सिरिजको तेस्रो खेल आइतबार हुनेछ ।











