Logo
Logo

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण


882
Shares

बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

The current image has no alternative text. The file name is: shree.jpg

धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो ।

हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरू सकुशल छन् । उनीहरू विमानस्थलमा रहेका छन् । उनीहरूलाई लिन काठमाडौंबाट अर्को विमान आउँदैछ ।

अवतरण गर्ने क्रममा विमानको अगाडिको  ल्यान्डिङ्ग गियर नखुलेकोले धानवमार्गमा रोकिएको थियो । साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् विमान गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको ट्रमिनलको पार्किङ स्थलमा राखिएको छ । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्