काठमाडौं । नेकपा (एमाले)ले मङ्सिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । शनिवार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला तहसम्मका कार्यक्रमहरू गर्दै काठमाडौंमा मङ्सिर ६ गते जनसभा गर्ने निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ । त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
ज्ञवालीका अनुसार, कात्तिक २९ गते जिल्ला तहमा जनसभा आयोजना गर्ने निर्णय पनि भएको छ । पार्टीको जनपरिचालन नीतिअनुरूप यी कार्यक्रमहरू तय गरिएको उनले बताए ।










