
काठमाडौं । वर्षाका कारण सडकमा लेदो र माथिबाट खसेको ढुंगा थुप्रिँदा बिहीबार रातिदेखि बन्द बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
बीपी राजमार्ग खुलाउन सवारी चार सयबेँसीमा धमाधम डाइभर्सन निर्माण भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार डाइभर्सन बनेपछि मात्रै राजमार्ग खुलाइने छ । प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत चारसयबेँसीसहित चौकीडाँडा, नार्के, डालाबेँसीलगायत स्थानमा पहिरो र लेदो थुप्रिएको छ ।










