
काठमाडौं । ढुंगा हटाएपछि कान्ति लोकपथ सञ्चालनमा आएको छ । आइतबार बिहान ७ बजेतिर बकैया गाउँपालिका–११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि दुवैतर्फ यातायात सञ्चालनमा आएको हो ।
मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले केही बेर अघिदेखि सडकमा गाडी चल्न थालेको जानकारी दिए ।










