Logo
Logo

कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडाको अवरोध खुल्यो


0
Shares

काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका स्थानीय बासिन्दाको माग १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

चार दिनदेखि उपत्यकाको फोहोर फाल्न रोकिएपछि आज बिहानै ल्याण्डफिल साइट पुगेका उनले १५ दिनभित्र स्थानीयको माग पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले स्थानीयको माग पूरा गर्ने प्रतिवद्धता जनाएसँगै तत्काललाई बञ्चरेडाँडाको अवरोध हटेको छ । ककनी गाउँपालिका ३ का वडाध्यक्ष घननाथ बजगाँईले मन्त्री घिसिङको प्रतिबद्धतापछि फोहोर फाल्न दिइएको जानकारी दिए ।

उनका अनुसार अहिले रोकिएको गाडीहरू बञ्चरेडाँडामा पुग्न थालिसकेका छन् । काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्