
काठमाडौं । नेकपा माओवादीका नेता अग्नि सापकोटाले जेनजी आन्दोलनको भावना विपरीत एकीकृत समाजवादी पार्टीसँग एकता गर्न लागेको आरोप गलत भएको समेत बताएका छन।
पार्टी मुखयालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘यो कुरामा कुनै सत्यता छैन । वास्तवमा, जेनजी आन्दोलनको सबैभन्दा बढी कदर गर्ने पार्टी माओवादी केन्द्र नै हो ।’
उनले एकीकृत समाजवादी पार्टीसँगको एकता देशको आवश्यकता भएको र यो एकता राष्ट्रिय हितमा हुने दाबी गरे ।
नेता सापकोटाले अहिले देशले धेरै चुनौतीहरुको सामना गरिरहेको बताउँदै यस्तो अवस्थामा सबै बामपन्थी शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताए ।










