Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि स्थगित


189
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित भएको छ । आसन्न १५औं महाधिवेशनको मितिलाई लिएर कांग्रेसभित्र तीव्र विवाद भइरहेका बेला दिउँसो १ बजेलाई तय गरिएको बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

यसअघि हिजो शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो । कांग्रेसमा संस्थापन पक्ष र महामन्त्रीले महाधिवेशनको फरक–फरक तालिका पेस गरेका छन् ।

विश्वप्रकाश शर्माले त भोटिङबाटै महाधिवेशनको मिति टुंग्याउनुपर्ने बताएका छन् । अब केन्द्रीय समिति बैठक एकैचोटि मंगलबारलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्