Logo
Logo

कांग्रेस मुख्यालय गेटमा तालाबन्दी


693
Shares

ललितपुर । नेपाली कांग्रेस सुधार अभियान (अन्डर-४०) ले पार्टीको  सानेपास्थित केन्द्रीय कार्यालयमा सुरक्षा घेरा तोडेर प्रदर्शन गरेको छ । उनीहरूले पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाएका हुन् ।

पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरीको बाक्लो सुरक्षा घेरा भए पनि प्रदर्शनकारी समूह गेटसम्म पुगेर ताला लगाएको हो । उनीहरूले नियमित महाधिवेशन र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । 

पार्टी कार्यालयको प्राङ्गण प्रवेश गर्न गेट बन्द गरिएपछि प्रदर्शनकारीहरू बाहिरै बसेर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् !, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतका नारा लगाएका छन् ।

जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी भएपछि कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको छ । त्यहाँ जाँच नगरी कसैलाई पनि प्रवेश दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्