काठमाडौं । न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टि ट्वान्टी आई क्रिकेटबाट सन्यास लिएका छन् । विलियमसनले आज सन्न्यासको घोषणा गर्दै अब टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्ने बताएका । उनले वेस्ट इन्डिजविरुद्ध डिसेम्बरमा हुने ३ टेस्टको सिरिजमा खेल्नेछन् ।

३५ वर्षीय विलियमसनले सन् २०११ मा जिम्बाबेविरुद्ध टि ट्वान्टीमा डेब्यू गरेका थिए । उनले करियरमा ९३ खेल खेलेका छन् । तीमध्ये ७५ खेलमा न्युजिल्यान्डको कप्तानी गरेका छन् । उनको नेतृत्वमा टोली २०१६ र २०२२ मा टि ट्वान्टी विश्वकपको सेमिफाइनल र २०२१ मा फाइनल पुगेको थियो ।
विलियमसनले टि ट्वान्टी आईमा १८ अर्धशतकसहित २ हजार ५ सय ७५ रन बनाएका छन् । सन्न्यासको घोषणा गर्दै उनले भने, ‘टि ट्वान्टी क्रिकेट मेरो जीवनको ठूलो हिस्सा रह्यो । म यस फर्म्याटमा खेल्दै पाएका अनुभव र सम्झनाका लागि आभारी छु । यो समय मेरो र टोली दुवैका लागि उचित हो । अब नयाँ खेलाडीलाई अवसर दिन र विश्वकपका लागि तयार रहन जरुरी छ । विलियमसन अहिले केन्द्रीय सम्झौतामा छैनन्। उनले ओडिआई बारे भने भविष्यमा निर्णय लिने बताएका छन्।











