Logo
Logo

मैत्रीपूर्ण खेल र एसियन कप छनोटका लागि ३५ सदस्यीय फुटबल टोली घोषणा


378
Shares

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि ३५ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले आइतबार ३५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपालले आगामी २७ गते बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। सो खेलपछि नेपालले मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोट खेल्दैछ।

टोलीको बन्द प्रशिक्षण आगामी बिहिबारदेखि काठमाडौँमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

प्रारम्भिक टोलीः
किरणकुमार लिम्बु, दीप कार्की, विशाल सुनार, टिकेन्द्र थापा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिस श्रेष्ठ, विमल पाण्डे, अविशेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, दिवाकर चौधरी, श्रृजनराज गौतम, सञ्जिव लामा, शंकर थारु, दीपेश धिमाल, एरिक विष्ट, मणिकुमार लामा, कउतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, दीपेश गुरुङ, जिलेस्पीजगं कार्की, अन्जन विष्ट, आयुष घलान, दीनेश हेन्जन, सुवास वम, समीर तामाङ, आदित्य शाक्य, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ।

प्रतिक्रिया दिनुहोस्