Logo
Logo

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई


567
Shares

काठमाडौं । राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई तोकिएको छ । कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’मा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल त्यसतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको जिम्मेवारी उपराष्ट्रपतिलाई दिइएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी जिम्मेवारी तोकेको जानकारी दिए ।

राष्ट्रपति पौडेल यही कात्तिक १७ गतेदेखि २० गतेसम्म सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान दोहा प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्