Logo
Logo

बलम्बु प्रहरी प्रभागमा आगजनी गर्ने थप एकजना पक्राउ


630
Shares

काठमाडौं । प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडियो र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं। १० सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय धर्म जित यादवलाई पक्राउ गरिएको हो ।

जेनजी युवाहरूले आह्वान गरेको आन्दोलनको नाममा केही अज्ञात व्यक्तिहरूले बलम्बुस्थित प्रहरी प्रभागमा तोडफोड र सवारी साधनमा आगजनी गरी ठूलो क्षति पुर्‍याएका थिए ।

उक्त घटनामा बा १ झ ७४१८ नम्बरको टाटा टेल्कोलाइन गाडी कार्यालय परिसरबाट बाहिर लगेर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको अनुसन्धानबाट खुलेको छ । उक्त घटनाको अनुसन्धान जारी रहेको र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । बलम्वु प्रहरीले केही दिन अगाडि ४ जना पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्