
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला आज बस्दैछ । भेला दिउँसो साढे १२ बजे थापागाउँको एक ब्यांक्वेटमा हुने भएको हो ।
पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला बोलाएको हो ।
यसघि गत आइतबारका लागि भेला डाकिएको थियो । तर, पार्टीले गत शुक्रबार केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेपछि यो समूहले आफ्नो भेला पनि पछि धकेलेको थियो ।
विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए ।
कांग्रेसमा महाधिवेशनलाई लिएर विवाद छ । संस्थापन इतर समूह आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ ।











