Logo
Logo

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरू


693
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरु भएको छ । भेला थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा केहि बेरअघि सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका नेताहरुले विशेष भेला बोलाएका हुन् ।

कांग्रेसमा महाधिवेशनलाई लिएर विवाद छ । संस्थापन इतर समूह आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

प्रतिक्रिया दिनुहोस्