काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलाको ११ सयले घटेर तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मङ्गलवार सुन तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २९९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलवार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।











