Logo
Logo

काठमाडौं उपत्यकामा २० हजारभन्दा धेरैलाई कोरोना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असोज ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको हुनेको संख्या २० हजार नाघेको छ । शनिबारसम्मको तथ्याङकअनुसार संक्रमित हुनेहको संख्या २० हजार ४ सय ९८ पुगेको छ ।


पछिल्लो केही हप्तायता देशभरी संक्रमितको संख्यामध्ये आधा उपत्यकामा देखिने गरेको छ । शनिबार देशभरी १२०७ जनामा संक्रमण भएकोमा ७ सय २४ उपत्यकामा बासिन्दा छन् ।
देशभरी संक्रमितको संख्या ७१ ह्जार ८ सय २१ पुगेको छ । जसमध्ये ५३ हजार १३ जना निको भएका छन् । ४६७को मृत्यु भएको छ । जसमध्ये ८ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।
काठमाडौंमा मात्र १६ हजार ८ सय ५० जना संक्रमित भइसकेका छन् । ललितपुरमा १९९५ तथा भक्तपुरमा १८५३ जनामा संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्