काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरीयतामा छैटौँ स्थानमा झरेका छन् ।आईसीसीले सोमबारसम्मको प्रदर्शनलाई आधार मानेर बुधवार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रको रेटिङ २०२ अङ्कमा खुम्चिएका हुन् ।

नेपालले पछिल्लो समय कुनै टी-२०आई नखेलेकाले अन्य खेलाडीको उछित्तो काढ्दा दीपेन्द्र एक स्थान तल झरेका हुन् । अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज उक्लँदा भारतका हार्दिक पान्ड्या चौथोमा र अफगानिस्तानका मोहम्मद नाबी पाँचौंमा झरेका छन् ।
नेपाली टोलीका अर्का अलराउन्डर कुशल भुर्तेल भने २५औँ स्थानमा यथावत् छन् । दीपेन्द्रले गत सेप्टेम्बरमा क्यानडाविरुद्धकी शतकीय पारीसहित ५ विकेट लिएका थिए, जसले उनलाई पहिलो पटक शीर्ष-५ मा पुर्याएको थियो ।











