Logo
Logo

कोरोनाका कारण थप एक नेपाली सेनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असोज । कोरोना संक्रमणका कारण थप एक जना नेपाली सेनाको मृत्यु भएको छ । बझाङ घर भइ काठमाडौंमा कार्यरत उनको विरेन्द्र अस्पताल छाउनीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालय जंगी अड्डाले शनिबार विज्ञप्ति जारी गर्दै नीजको कोरोनाका कारण मृत्य भएको जनाएको हो । विज्ञप्तिमा जनाइएअनुसार उनीमा छारे रोगको लक्षण देखिएपश्चात आकस्मिक सघन कक्षमा भर्ना गरिएको थियो । उनको यही ८ गते पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । यससँगै हालसम्म कोरोनाका कारण दुई नेपाली सेनामा मृत्यु भएको छ ।
जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार हालसम्म नेपाली सेनामा २१९७ जनामा संक्रमण देखिएकामा ५३९ जना निको भइसकेका छन् भने हाल १६५६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्