Logo
Logo

लुम्बिनीका मुख्यमन्त्रीको घरमा आगजनी गर्ने भुपू सैनिकसहित तीन जना पक्राउ


756
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् ।

सन्धिखर्क नगरपालिका– १ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पुष्कर पौडेल, २९ वर्षीय गुरुदेव भनिने गुरुप्रसाद खनाल र ३९ वर्षीय चुडामणि ढुंगानालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्स्पेक्टर झलकप्रसाद शर्माले जानकारी दिए । प्रहरीका अनुसार पौडेल र खनाल व्यवसायी हुन् भने ढुंगाना भुपू सैनिक रहेको अनुसन्धानबाट खुलेको छ ।

आगजनीमा संलग्न कमल घिमिरे, कुशल चुँदाली, अर्जुन चुँदाली, सुन्दर भारती, विशाल कँडेल, माधव भण्डारी, मदन परियार, विनोद मगर फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्