Logo
Logo

मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान


252
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् ।

नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले सामाजिक सञ्जालमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न भनेकी हुन् । उनले लेखेकी छन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी ।’

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्