
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । बैठक केहि बेरअघि चितवनको सौराहामा सुरु भएको हो । दुई दिनसम्म चल्ने बैठकमा ५०० भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।
बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक संरचनाको प्रस्तावना पेस गर्नेछन् ।
प्रस्तावमाथि समूह विभाजन गरेर छलफल हुने रास्वपाले जनाएकाे छ । त्यस्तै प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने छन् ।










