काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.टंक बाराकोटीले राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै डा. बाराकोटीले शुक्रवार स्वास्थ्य मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

अतिरिक्त सचिव समेत रहेका डा. बाराकोटीको सरकारी सेवाको अवधि अझै दुई वर्ष बाँकी नै थियो । उनी केही समय अगाडि बिरामी परेका थिए । आईसीयूमै राखेर उनको उपचार गरिएको थियो ।
डा। बाराकोटी लामो समय उपत्यका बाहिर सेवारत रही हालै १२औँ तहमा बढुवा भएर स्वास्थ्य मन्त्रालय आइपुगे सँगै स्वास्थ्य सचिवको प्रतिस्पर्धामा उत्रिएका थिए ।
तर, प्रतिस्पर्धामा डा.विकास देवकोटा स्वास्थ्य सचिव भएपछि डा। बाराकोटीले विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए ।










