Logo
Logo

प्रतिनिधिसभा पुनर्स्थापना कि अदालत गर्छ, कि राष्ट्रपतिले : ओली 


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले संसद् पुनर्स्थापना कि अदालत कि राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुपर्ने बताएका हुन् । 

The current image has no alternative text. The file name is: kp-oli.jpg

उनले भने, ‘हामी विघटित प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ। र, प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनु पर्दछ । जसले पुनर्स्थापना गर्दछ, त्यसैले गर्नुपर्दछ। कि त अदालतले गर्छ होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ।’ 

राष्ट्रपति पौडेलले ‘असंवैधानिक ढङ्गले विघटन गर्न सक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ ?’ भन्दै उनले प्रश्न गरे। ‘गर्नुपर्‍यो नि त! विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नुपर्छ,’ उनले भने ।  

यस कुरामा सबैले लेख्न र बोल्न पनि सक्नुपर्ने ओलीको भनाई छ । ‘सत्यको पक्षमा हामी बोल्न सक्नुपर्छ । सुकरात बोल्न सक्ने, हामी बोल्न नसक्ने भन्ने हुन्छ,’ ओलीले भने । 

प्रतिक्रिया दिनुहोस्