Logo
Logo

‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’बारे प्राधिकरणको ध्यानाकर्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असोज । नेपाल नागरिक उड्डयन प्राधिकिरणले हिमालय एयरलाइन्सलाई आफैँ गर्न पाउने ग्राउण्ड ह्याण्डलिङ अनुमति दिइएको विषयलाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण जनाएको छ ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै ग्राउण्ड ह्याण्डलिङ निर्देशिकाको व्यवस्थाबमोजिम हिमालयले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाका लागि गत चैत ७ गते निवेदन दिएको र प्राधिकरणको भदौ २८ को निर्णयअनुसार उक्त एयरलाइन्सलाई अनुमति प्रदान गरेको जनाएको छ ।
हिमालयबाहेक एयर एण्डिया र थाई एयरवेज इन्टरनेशनलले मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा प्राप्त गरेका छन् । प्राविधिकरणले हाल नेपालमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्न नेपाल वायुसेवा निगमलाई मात्र अनुमति दिएको छ । निगमले आफ्नो अतिरिक्त अन्य २५ विदेशी वायुसेवालाई व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्