Logo
Logo

व्यवसायीलाई डर छोडेर हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान


315
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगी-व्यवसायीलाई डर छोडेर हातेमालो गर्न आह्वान गरेकी छिन् । शुक्रवार आयोजित ‘राष्ट्रिय आर्थिक बहस २.०’ मा निजी क्षेत्रलाई सम्बोधन गर्दै उनले भनिन्, ‘डराउने होइन, आत्मविश्वासका साथ अघि बढौँ । आशङ्का र भय पाल्ने बेला गएको छ, अब सँगै मिलेर देश बनाउने हो ।’

The current image has no alternative text. The file name is: susila-2.jpg

उनले विभिन्न अध्ययनले आर्थिक वृद्धिदर उकालो लाग्ने र महँगी घट्ने संकेत देखाएको बताइन् । ‘यो हाम्रा प्रयास सही बाटोमा छन् भन्ने प्रमाण हो’ उनले थपिन्, ‘हिजोभन्दा उज्यालो भोलि बनाउन हामी एकजुट हुनै पर्छ ।’

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारिएको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनले दिगो लोकतन्त्रलाई बलियो बनाउनेछ । यहाँ नै रोजी९रोटी र समृद्धि सम्भव छ भन्ने सन्देश दिनेछौँ । स्वच्छ र सफल निर्वाचनका लागि निजी क्षेत्रको साथ अपरिहार्य छ ।’

प्रतिक्रिया दिनुहोस्