Logo
Logo

ओलीले निर्वाचन भाँड्न नाटक गरिरहेका छन् : प्रभु साह


504
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचन भाँड्न नयाँ–नयाँ नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् । उनले निर्वाचन रोक्ने कुनै पनि षड्यन्त्रको जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताए । 

The current image has no alternative text. The file name is: parbbhu.jpg

शनिवार काठमाडौंमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै साहले ओलीले आफ्ना नेताहरूलाई ‘प्रतिनिधिसभा पुनर्स्थापना’ को नाममा हस्ताक्षर अभियान चलाउन लगाएर निर्वाचनबाट भाग्ने प्रयास गरेको दाबी गरे । ‘निर्वाचनबाट भाग्ने छुट कसैलाई छैन,’ उनले चेतावनी दिए । जेनजी आन्दोलनमा युवाहरूमाथि चरम दमन गर्ने, छाती र टाउकोमा गोली ठोक्नेहरू नै आज निर्वाचन रोक्न अग्रसर भएको उनको भनाइ छ । 

‘ओलीको दम्भ र अहङ्कार युवाहरूको बलमा जनताले धुलो चटाइसकेका छन्, त्यसैले एमाले निर्वाचन सामना गर्न डराएको हो,’ साहले भने । उनले जेनजी युवाको हत्यामा संलग्नहरूलाई कारबाही नगरी सरकार र हत्याराहरूबीच नेक्सस देखिएको आरोप लगाए । गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै उनले भने, ‘पूर्वराष्ट्रपतिका जलेका घर हेरेर फोटो खिचाएर सस्तो लोकप्रियता कमाउनुभन्दा जेनजी हत्यारालाई तत्काल कारबाही गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्