Logo
Logo

पुस महिनाभित्र महाधिवेशन गर्न गोरखा कांग्रेसको माग


189
Shares

काठमाडौं । नेपाली कांग्रेस गोरखाले प्रतिनिधिसभा चुनावअघि नै पार्टीको महाधिवेशन गर्न माग गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले विधान अनुसार पुस महिनाभित्र महाधिवेशन गर्न माग गरेको हो ।

बैठक पश्चात निर्णय सार्वजनिक गर्दै कांग्रेस जिल्ला कार्यसमिति गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने माग रहेको बताए ।

‘नेपाली कांग्रेसको विधान अनुसार चार वर्षे कार्यकाल मंसिरमा सकिन्छ, महामन्त्री गगन थापाले माग गरे अनुसार पुसमा नियमित महाधिवेशन हुनुप¥यो,’ उनले भने, ‘होइन भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधान अनुसार माग गरेको विशेष महाधिवेशन पुस मसान्तभित्र हुनुपर्छ भनेर केन्द्रमा माग गर्ने निर्णय गरेका छौं ।’

महाधिवेशनका लागि जिल्लाका क्रियाशील सदस्यता नवीकरण गरेर बुझाइसकिएको र नयाँ सदस्यका लागि केन्द्रीय समितिमा बुझाउने तयारी भइरहेको उनले जानकारी दिए । पुस महिनामा बिशेष महाधिवेशनको माग राख्दै जिल्लाका ५१ महाधिवेशन प्रतिनिधीमध्ये ४२ जनाले हस्ताक्षर गरेर केन्द्रमा पठाइसकेको समेत उनले बताए ।

अहिलेको बदलिदो परिस्थितिमा पार्टीको स्पष्ट नीति र नयाँ नेतृत्व निर्माण गर्दै नयाँ परिभाषा समेत खोज्नुपर्ने अवस्था रहेको र त्यो महाधिवेशनबाट मात्र सम्भव रहेको उनको भनाइ छ । अन्तरिम सरकारले यही फागुन २१ गते घोषणा गरेको निर्वाचनमा सहभागी हुन कांग्रेस तयार रहेको धारणा उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्