Logo
Logo

हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ


630
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भद्रकालीस्थित प्रहरी परिसरको हिरासतबाट भागेका ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

बम्जनलाई ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न अरोपमा उनलाई पक्राउ गरेर प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो ।

जेनजी प्रदर्शनको मौका छोपेर उनी भागेका थिए । सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बम्जन जीबी राईका जेठान हुन् ।

प्रतिक्रिया दिनुहोस्