काठमाडौं । नेपाल काभा महिला यु-१९ भलिबल च्याम्पियनसिको उपविजेतामै सीमित भएको छ । कोलम्बोमा आइतबार सम्पन्न फाइनलमा किर्गिस्तानसँग नेपाल ३-२ को सेटमा पराजित भएको हो ।

पहिलो सेट नेपालले २५-२२ ले जितेको थियो । दोस्रो सेट २५-२० ले जित्दै किर्गिस्तानले खेलमा पुनरागमन गर्यो । तेस्रो सेटमा पनि किर्गिस्तानले २५-२१ को रोमाञ्चक जित निकाल्दै खेलमा २-१ को अग्रता लियो । तर, चौथो सेटमा सानदार पुनरागमन गर्दै नेपालले खेल २५-१३ ले आफ्नो पक्षमा पार्यो । योसँगै खेल पाँचौ सेटमा पुगेको हो ।
तर, निर्णायक सेटमा भने किर्गिस्तानले सानदार पुनरागमन गर्दै खेल १५-११ ले जित्दै उपाधिमा कब्जा जमायो ।











