Logo
Logo

मधेशमाथि धोका भयो : जितेन्द्र सोनल


567
Shares

काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखले मधेशका जनतामाथि धोका दिएको प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौँ हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिचबाटोमै नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ गराएपछि सोनलले विरोध जनाएका हुन् । साथै उनले प्रदेश प्रमुखले प्रदेशको अस्मितालाई एक होटलमा समाप्त पारेको बताएका छन् ।

बर्दिबासस्थित एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाएकी थिइन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

सोनलले भनेका छन्, ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन्।’

विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्