Logo
Logo

मधेस सरकार गठनप्रति एमालेभित्रै असन्तुष्टि


2.7k
Shares

काठमाडौं । मधेश प्रदेश सरकार गठनप्रति नेकपा एमालेभित्रै असन्तुष्टि देखिएको छ । मधेस प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले आज बिहानै एक होटलमै एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्ति गर्दै शपथ खुवाएपछि एमालेभित्रै असन्तुष्टि देखिएको हो ।

एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत मधेश सरकार गठनप्रति असन्तुष्टि जनाउँदै सरकार गठनमा देखिएको समस्या संविधानसम्मत ढंगले समाधान गर्न राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबैलाई अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘आज देशमा उत्पन्न विषम परिस्थिति तथा मधेश प्रदेशको भौगोलिक तथा राजनीतिक संवेदनशीलतालाई ख्यालमा राखेर संविधानसम्मत निकासका लागि संवाद र छलफलको माध्यमबाट अघि बढ्न मधेस प्रदेशमा क्रियाशील राजनीतिक दल, नागरिक समाज लगायत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु। अतिवादले विनाश मात्र गर्छ, सचेत बनौँ।’

स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौँ हिँडेकी प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को–३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादवलाई बर्दिवासको होटलमा मुख्यमन्त्रीको शपथ गराएकी थिइन् । तर यसप्रति एमालेभित्रै असन्तुष्टि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्