Logo
Logo

एमालेमा फर्किँदै झाँक्रीले भनिन्-जेनजी पनि एमालेमा आउनुस्


819
Shares

काठमाडौं । नेकपा एमालेमा समाहित भएकी नेतृ रामकुमारी झाँक्रीले नयाँ पार्टी नखोल्ने जेनजीहरूलाई एमालेमा प्रवेश गर्न अपिल गरेकी छिन् । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान’ मार्फत एमाले प्रवेश गरेकी झाँक्रीले जेनजी पुस्ताका लागि पार्टीका सबै ढोका खुला रहेको बताइन् ।

The current image has no alternative text. The file name is: ramkumari-1.jpg

उनले भनिन्, ‘तपाईँहरूको विद्रोह र राज्यका अङ्गप्रति उठाएका जायज प्रश्नहरू स्वाभाविक छन् । तर ती प्रश्नमाथि जस–जसले जे–जे गरिरहेका छन्, अब जेनजी पुस्ताका नयाँ पुस्ताका साथीहरूले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ । आफ्नै पार्टी बनाउनुहुन्छ भने बनाउनुस्, हाम्रो पूर्ण शुभकामना छ । तर पार्टी बनाउँदै हुनुहुन्न भने हामीजस्तै नेकपा एमालेमा आउनुस् । हरेक जेनजीका लागि एमालेका चारवटै ढोका खुला छन् ।’

उनले जेनजी आन्दोलनपछि नेकपा एमाले र जेनजीबीच द्वन्द्वको स्थिति देखिएको पनि बताइन् । ‘जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश थियो, यो सामान्य कुरा हो । तर त्यसमा रोटी सेक्नका लागि सरकारविरुद्ध लागेका विभिन्न तत्वहरू मिसिए,’ झाँक्रीले भनिन्, ‘आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमालेको स्थिति देखिएको छ । आन्दोलनका स्टेकहोल्डरहरू अहिले पनि नजानिंदो ढङ्गले आफ्नो दाबी गरिरहेका छन् ।’

आफ्ना विगतका कमजोरी स्वीकार गर्दै उनले थपिन्, ‘आज म यहाँ उभिँदा सबैमा थुप्रै जिज्ञासा र मिश्रित भावना छन् । भर्चुअल प्लाटफर्ममा रहेका मेरा पुराना साथीहरूले मेरो विगतका कमजोरीलाई कसरी स्वीकार गर्छु भन्ने प्रश्न उठेको हुन सक्छ । म ती सबै कमजोरी यहाँबाट स्वीकार गर्छु ।’

प्रतिक्रिया दिनुहोस्