
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले आज पत्रकार सम्मेलन बोलाएका छन् । आज बिहान ११ बजे जनकपुरको जानके चार होटलमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पछिल्ला घटनाक्रमको बारेमा उनले आज आफ्ना धारणा राख्ने मुख्यमन्त्रीका सचिवालयका रन्जित सिंहले जानकारी दिए ।
दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई गत आइतबार संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
सोमबार बिहान बिरामी रहेको बहानामा उपचारको लागि काठमाडौं हिँडेकी उनले बर्दिबासस्थित पानस होटलमा शपथ ग्रहण गराएकी थिइन् । त्यसपछि मधेश प्रदेशमा उत्पन्न तनावबीच सरकारले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गरेको छ ।
सोमबार दलका नेता तथा कार्यकर्ता आक्रमक बन्दा मधेशको मुख्यमन्त्री कार्यालय तथा प्रदेश प्रमुख कार्यालयमा तोडफोड भएको थियो ।










