Logo
Logo

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्षमा अनुप उपाध्याय


1.1k
Shares

काठमाडौं । कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्षमा अनुप कुमार उपाध्याय रहेका छन् ।  उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । जसका अध्यक्षमा अनुप कुमार उपाध्यायको नाम रहेको छ । 

The current image has no alternative text. The file name is: Kulman.gif

केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा विवाद हुँदा मङ्गलवार साँझपख मात्रै उक्त पार्टीले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची आयोगमा बुझाएको हो ।

केन्द्रीय कमिटीमा ५१ जना केन्द्रीय सदस्यहरू रहेका छन् ।  यसअघि नै निर्वाचन आयोगमा रहेको उज्यालो नेपाल पार्टीमा केन्द्रीय कमिटी र विधान थप गर्दै मङ्गलवार उक्त सूची बुझाइए थियो । 

यसमा हिजो सुदन समूहका जेनजीका प्रदेश संयोजक पनि थिए । तर, मङ्गलवार उनीहरूले अहिले केन्द्रीय कमिटीमा नआउने, पछिल्लो चरणमा सहकार्य गर्ने भनेपछि सोमबारको सहमतिमा हेरफेर गर्नुपरेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्