Logo
Logo

भीम रावल नेकपामा समाहित हुँदै, घोषणा सभालाई तीन नेताले सम्बोधन गर्ने


3.4k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज हुन लागेको एकता घोषणा सभामा पुष्पकमल दाहाल प्रचण्डसहित तीन नेताले सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीसँग भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ समाहित हुने बृहत् पार्टी समायोजन कार्यक्रममा तीन नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सभामा सम्बोधन गर्नेछन्।

राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बुधबार दिउँसो दुई बजेदेखि कार्यक्रम सुरु हुने छ । रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता दिने सहमति भएको छ ।

रावलसँगै आज पूर्व सांसद प्रकाशबहादुर शाह पनि नेकपामा समाहित हुँदै छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका १० वटा वामघटकबीच यही कात्तिक १९ गते एकता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्