
काठमाडौं । बेलायतको लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै ठाउँमा मृत फेला परेका छन् । अघिल्लो दिन राति खाना खाएर सुतेका सल्यान घर भएका योमन चन्द मंगलबार बिहान मृत भेटिएका हुन् ।
बिहान नउठेपछि उनलाई अस्पताल लगिएको थियो । तर डाक्टरले उनको मृत्यु भइसकेको घोषणा गरेको एनआरएनए यूकले जनाएको छ । चन्द एक वर्षअघि मात्रै इन्जिनियरिङ पढ्न बेलायत पुगेका थिए ।










