Logo
Logo

७ राजनीतिक दलको प्रदर्शनमा घाइते भएकाको उपचार खर्च मधेश सरकारले बेहोर्ने


756
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध ७ दलले गरेको प्रदर्शनमा घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्वयहोर्ने भएको छ ।

मंगलबार नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा ७ राजनीतिक दलले गरेको प्रदर्शनको क्रममा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो ।

प्रदर्शनको क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्नका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुगेका मुख्यमन्त्री यादवले सो घोषणा गरेका हुन् । घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै मुख्यमन्त्री यादवले उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताए ।

मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जनाभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्