Logo
Logo

आजपनि मधेश भवनअगाडी सात दलको धर्ना


63
Shares

काठमाडौं । सोमबारबाट आन्दोलनरत मधेश प्रदेशका सात दलले आजपनि प्रदर्शन जारी राखेका छन् । मधेश भवनको मुख्यमन्त्री कार्यालय अगाडि गेटमा र पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन शुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले धर्ना, विरोध, नाराबाजी गरिरहेका छन् ।

सोमबार मधेश प्रदेशमा नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले शुरुमा तोडफोड र नाराबाजी गरेका थिए । तर, हिजोदेखि उनीहरुले प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्री र मधेश प्रदेश सभाका सभामुखविरुद्ध आन्दोलन जारी राखेका छन् । मंगलबार प्रहरीले लाठी चार्ज गर्दा केहि प्रदर्शनकारीहरु घाइते समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्