Logo
Logo

लोकसेवा आयोग परीक्षामा सबैभन्दा बढी चिट चोर्नेमा प्रहरी


5.6k
Shares

काठमाडौं स् लोकसेवा आयोगले लिएको बढी सुरक्षा निकाय तर्फमा प्रहरी जवान (जनपद) परीक्षामा चिट चोरेर अनियमितता गरेको पाइएको छ। आयोगले सार्वजनिक गरेको ६६ औँ (२०८१ साउनदेखि २०८२ असारसम्मको) वार्षिक प्रतिवेदनमा उम्मेदवारलाई गरिएको कारबाहीमा उक्त कुरा पाइएको हो ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सुरक्षा निकायतर्फ प्रहरी जवान (जनपद)को परीक्षामा चिट चोरेको पाइएपछि २८ जना उम्मेदवारलाई कारबाही गरिएको छ । कुनै उम्मेदवारले आफ्नो मोबाइलबाट प्रश्नपत्रको फोटो खिची आफ्नो दाजुलाई मेसेन्जरमा पठाएको र सम्वाद भएकोदेखि अर्का नक्कली उम्मेदवार बनाएर परीक्षा दिएका थिए।

दोस्रोमा संगठित संस्थातर्फका १० जना उम्मेदवार कारबाही परेका छन् । सुरक्षा निकाय तर्फकै सैन्य, नेपाली सेना परीक्षामा ७ जना र प्रहरी सहायक निरीक्षकको परीक्षामा एक जना उम्मेदवार कारबाही परेका छन् ।

निजामति सेवा तर्फको परीक्षामा ५ जना उम्मेदवार कारबाही परेको प्रतिवेदनमा उल्लेख छ। उनीहरुको उक्त विज्ञापनको सबै परीक्षा रद्द गरी आगामी ३ वर्ष सम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्