Logo
Logo

नेप्से २५४४ अंकमा झर्‍यो, चार कम्पनीको मूल्य १० प्रतिशतले उक्लियो


252
Shares

काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घट्दै २५४४ अंकमा पुगेको छ । बजार घटे पनि कारोबार रकम अघिल्लो दिनको ३ अर्ब ६२ करोडबाट बढ्दै ३ अर्ब ८४ करोडमा पुगेको छ ।

The current image has no alternative text. The file name is: Share-Market-Down.jpg

४९ कम्पनीको मूल्य बढ्दा १९८ घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशतले मात्र बढ्दा अन्य सबै समूह घटे । व्यापार समूह २.३५ प्रतिशतले सबैभन्दा बढी ओरालो लाग्यो ।

भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारका सेयर मूल्य १० प्रतिशतले बढे । अपर सोलु हाइड्रो ५.३१ र नेपाल माइक्रोइन्स्योरेन्स ३.७५ प्रतिशतले उक्लिए ।

दरामखोला हाइड्रो ८.७२ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो । बढी कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रो र शिवम् सिमेन्ट परे ।

प्रतिक्रिया दिनुहोस्