Logo
Logo

साताको अन्तिम कारोबारको दिन सामान्य अङ्कले बढ्यो नेप्से 


189
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्से, आज बिहीबार भने सामान्य अङ्क बढेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

 बिहीबार नेप्से परिसूचक १.१३ अङ्क बढेर २५४५.७३ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.१५ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.०१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अङ्क घटेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ३ अर्ब ८४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा य३२९ स्टकको ५० हजार ६२१ पटकको कारोबारमा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँबराबरको ७६ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, रु रु जलविद्युत परियोजनाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक ४.८२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १६ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको करिब १४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्