Logo
Logo

एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौको विजयी यात्रा


315
Shares

काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौ स्पाइकर्सले पोखरा निन्जाजलाई ३–१ को सेटमा हराउँदै शानदार जित निकालेको छ ।

The current image has no alternative text. The file name is: volleyball.jpg

काठमाण्डौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको खेलमा काठमाण्डौले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१७ र चौथो सेट २५–१८ ले जित्दै जित पक्का गरेको हो । पोखराले तेस्रो सेट भने २५–१२ ले आफ्नो पक्षमा पारेको थियो ।

यसअघि भदौ २० गते पोखरामा सुरु भएको लिग जेनजी आन्दोलनका कारण भदौ २३ र २४ गते रोकिएको थियो । खेल हिजोदेखि पुनः सुरु भएको हो ।

६ टोली सहभागी लिगमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउन सक्नेछन् । फाइनल खेल यही २९ गते हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्