काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम कर्णाली याक्सले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रनलाई अनुबन्ध गरेको छ । उनीसँगै कर्णाली याक्सले पाचौं विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

कर्णाली याक्सले ५ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका प्रियाङ्क किरित पन्चालले पहिलो पटक कर्णालीबाट खेल्दै छन् ।
३२ वर्षीय बायाँ हाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८ सय ३० रन बनाएका छन् । १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धसतक बनाएका छन् । एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।











